रौतहट ११ बैशाख ।
रौतहटमा शनिबार मास्क प्रयोग नगर्ने १३७३ जना कारवाहीमा परेका छन । शनिबार बिहान ६ बजेदेखि साझ ६ बजेसम्म रौतहटका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहट ता मातहतका प्रहरी इकाइहरुबाट चेकिङ्गको क्रममा मास्क प्रयोग नगरेक पुरुष ९० जना, महिला ८ जना गरि ९८ जनालाई कारवाही गर्दा ९,८००।– राजश्व संकल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरि मास्क प्रयोग नगरेका पुरुष ९५५ जना, महिला ३२० जना गरि १२७५ जनालाई एक घण्टा रोकी सम्झाई बुझाई छाडीएको प्रहरीले जनाइएको छ ।
प्रहरीले रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनदेखि कडाए गर्दै आएको छ । प्रहरीले समाजिक दुरी कायम गर्न , मास्क अनिवार्य लगाउन र कोभिड–१९ बाट आफू बचौं अरुलाई बचाऔं भन्दै अभियान नै सञ्चालन गरेको छ ।








