सिरहा ११ वैशाख ।
सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ ।स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारले जानकारी दिनुभयो । लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, दुई किलो नून, एक लिटर खाने तेल, आधाकिलो स्वायविन, दुई वटा साबुन, रु एक हजार नगद र एक थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here