विराटनगर ११ वैशाख ।
विराटनगरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–६ ठेगाना उल्लेख गरिएका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । ३ वैशाखमा भर्ना भएका पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए । भगतका अनुसार संक्रमित पुरुषको उपचारकै क्रममा बिहान सात बजेतिर मृत्यु भएको हो । श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएका ती पुरुषमा रुघा, खोकी र ज्वरोको समस्या रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here