११ बैशाख काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । त्रिविवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित ग-यो । सिरिजमा नेपाल, नेदरल्यान्ड र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो ।

निर्धारित २० ओभरमा नेपालले २ सय ३८ रन बनाएको थियो । टी–२० क्रिकेटमा यो नेपालको सबैभन्दा उच्च योगफल हो । जवाफी ब्याटिङका लागि आएको नेदरल्यान्डले १७ ओभर २ बल खेल्दा सबै विकेट गुमाउँदा ९६ रन मात्र जोड्न सक्यो ।

नेदरल्यान्डलाई सस्तैमा समेट्न करन केसीले ३ तथा कमल ऐर र सन्दीप लामिछानेले २–२ विकेट लिए । अभिनाश बोहराको नाममा १ विकेट रह्यो । नेदरल्यान्डका लागि म्याक्स ओडोरले २०, पिटर सेलारले १३ तथा सेवास्टेन भारटले २६ रनको योगदान दिएका थिए । अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतीय योगदान दिए । टी–२० क्रिकेटमा व्यक्तिगत चौथो अर्धशतक प्रहर गर्ने क्रममा भुर्तेलले ५३ बलमा ३ छक्का र ८ चौकासहित ७७ रन बनाए । यसैगरी मल्लले नटआउट ५० रनको पारी खेले । मल्लले २४ बलमा ५ छक्का र ३ चौका हिर्काए । कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले अविजित ४८ रन जोडे ।

नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन–५ को उपाधि जितेको थियो । नेपालले टी–२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठूलाे अन्तरले जितकाे हाे । यसअघि नेपालले २०१९ मा भुटानमाथि १ सय ४१ रनकाे फराकिलाे अन्तरकाे जित हात पारेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here