1205778418

११ बैशाख काठमाडौँ ।नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ६१९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २६८ जनाको स्वाब परीक्षण गर्दा २ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ हजार ५२५ जनाको पीसीआर टेस्ट गर्दा २ हजार ४८६ जनमा संक्रमण देखिएको हो। त्यस्तै, १ हजार १४३ जनाको एन्टिजेन टेस्ट गर्दा १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। संक्रमित संक्रमितको संख्या पनि १६ हजार ८२८ पुगेको छ।

त्यस्तै, कोरोनाबाट पछिल्लो कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। जसमध्ये ८ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ।

संक्रमित निको हुने क्रम भने बढ्न सकेको छैन। पछिल्लो २४ घन्टामा ३६८ जनामा मात्रै निको भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here