रौतहट ८ बैशाख ।
कोरोनाको दोस्रो लहर बढेसंगै रौतहटमा रहेका विद्यालयहरुलाई वैशाखभित्र आफ्नो वार्षिक परीक्षा सक्न जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता बसेको केन्द्रको बैठकले जिल्लाका सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरुको वार्षिक परीक्षा वैशाख मसान्तसम्म सम्पन्न गर्न र कोरोना संक्रमण देखिएका वा आशंका भएमा विद्यालयहरु आवश्यकता अनुसार केन्द्रसँगको समन्वयमा बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा बालबालिका उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्नुपर्नेमा केन्द्रले जोड दिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । हाल जिल्लामा हिजोसम्म ३५ जना उपचाररत कोरोना संक्रमितहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here