पर्सा, ८ बैशाख । पर्सामा फेरी एकजना पुरुषको कोरोना सङ्क्रमितका कारणले मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना सङ्क्रमित उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

एन्टीजेन प्रविधिबाट सङ्क्रमण पुष्टि भइ मंगलबारदेखि अस्पतालमा उपचार गराइएका सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बुधबार बिहान ९ बजेर ५८ मिनटमा उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए । हिजो बेल्का उनको स्वास्थ्यमा अचानक समस्या आएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर र कडा किसिमको निमोनियासँगै श्वासप्रश्वासमा समस्या भएका उनलाई परिवारका सदस्यले थप उपचारका लागि काठमाडौँ लग्ने तयारी गरिरहँदा उनको मृत्यु भएको डा. दासले बताए । उन्को स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ०७८ बैशाख ०७ गते नारायणी अस्पताल भर्ना भएका थिए ।

मृतक पुरुषलाई गएराति अस्पतालमा भर्ना गरीएपछि एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ७ जना संक्रमितको मृत्यु भइसकेको छ। वीरगन्जको नारायणी अस्पतालमा ५ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ४ जनामा पर्साका र बाराका २ जना र १ जना सर्लाहीका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here