काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित पुगेका छन्। ८ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७३६ जनामा कोरोना पुष्टि भएकाे हाे। हालसम्म २ लाख ८७ हजार ५६७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ।

आज देशभर २५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।  २ लाख ७५ हजार ८०६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।  अहिलेसम्म ३ हजार १०२ संक्रमितको मृत्यु भइसकेकाे छ।

आज देशभर ९२ जना संक्रमित क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here