०७ बैशाख काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु हुँदैछ। पार्टी कार्यालय पेरिसडाँडामा १ बजे बैठक बस्ने तय भएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको सांगठनिक समीक्षा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। सोमवार नै स्थायी कमिटी बैठक बोलाइएको भए पनि मंगलवार सम्मका स्थगित भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गरेसँगै माओवादी केन्द्रले बैठक स्थगित गरेको थियो। नयाँ सरकार गठनका बारेमा छलफल गर्न भन्दै सोमवार माओवादी केन्द्रले बैठक बोलाएको थियो।

माओवादीले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल सहित ४ जना नेतालाई सांसद पदबाट हटाएको भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन बलियो मोर्चा नबनेको भन्दै माओवादीले समर्थन फिर्ता लिन नमानेको बताइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने बताउँदै आए पनि समर्थन फिर्ता लिने विषयमा माओवादी अनिर्णित बन्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here