रौतहट ६ बैशाख ।

रौतहटका पुरानो तथा निर्माणधिन सडक तथा पुलको सोमबार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकमा सोमबार हुलाकी सडक ,पुरानो निर्माणधिन वडहर्वा पुलको प्रमुख जिल्ला अधिकारीको टोलीले अनुगमन गरेको हो । हालसम्म निर्माण भइरहेको हुलाकी सडक १९ किलोमिटरमध्ये १५ किलोमिटर सम्पन्न भइसकेको र बाकी सडक निर्माणको काम आर्थिक बर्ष २०७७\७८ भित्रमा सम्पन्न गरि सक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।  

अनुगमनको क्रममा बडहर्वामा लामो समय देखिको RCC BOX Culvert  निर्माणमा विवादलृ रोकिएको निर्माण कार्य पनि अनुगमनवाट समाधान भएको र मंगलबारवाट निर्माण कार्य शुरु हुने यादवले बताउनु भयो । निर्माणधिन अबस्थामा रहेको बागमतीको पूर्वी बाँध र हुलाकी सडक स्थलमा रहेका २ वटा फुसको घर ७ दिन भित्र हटाउने स्थानियसँग सहमति भएकाले अब ति सडक तथा पुल निर्माणमा कुनै किसिमको अवरोध नहुने यादवले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here