वीरगञ्ज ३ वैशाख, ।
शुक्रबार वीरगञ्जमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको ९४ पीसीआर परीक्षणका गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि एकैपटक यति धेरै जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । संक्रमण पुष्टी भएका ५० जना पर्साको, ४ जना बारा र ३ जना रौतहटका छन् । ३७ जना पुरुष र २० जना महिलामा संक्रमित छन् । संक्रमितको उमेर १२ वर्षदेखि ७२ वर्षसम्म छ । नारायणी अस्पतालको आइसोलेसन वार्डमा ७ जना संक्रमितको उपचार भइरहेको छ । कोभिड संयोजक डाक्टर सरोज रोशन दासले नयाँ र लक्षण सहितका संक्रमित बढी भेटिएको जानकारी दिए । कट्याक्ट ट्रेसिङबाट भन्दा लक्षण सहितका नयाँ संक्रमित बढी छन्, सिटि भ्यालु कम छ । स्कुलको विद्यार्थीमा समेत संक्रमण देखिएको छ । उनले भने ‘ वीरगञ्जको स्थिति खराब बन्दै गएको संकेत देखिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here