काठमाडौँ ३ वैशाख ।
सशस्त्र प्रहरीको टोलीले २ सय ५५ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । भे ६ प २७६० नम्बरको मोटरसाईकलमा सवार कार्कीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको उर्लावारी नगरपालिका २ बस्ने ३६ वर्षीय रमेश कार्की छन् । एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कार्कीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here