रौतहट ३ बैशाख ।
रौतहटबाट प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचौक रौतहटको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा रौतहटको कटहरिया नगरपमालिकाको वडा नं.१ भसेडवा स्थित बाटोमा चेकजाच गर्दा उनीहरु पक्राउ परेका हुन । रौहतटको कटहरिया वडा नं १ का बर्ष १९ को महमद नसरुदिन र सोही स्थानका शेख शैदुलको शरिर तथा झोलाको खानतलासी गर्दा शेख शैदुलले बोकेको झोलाबाट लागु औषध गाँजा २ किलो ७५० ग्राम र महमद नसरुदिनले बोकेको झोलाबाट लागु औषध गाँजा २ किलो ७५० ग्राम वरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गत २०७७ चैत्र ३१ गते पक्राउ परेका दुबै जनालाई मुचल्का सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा दाखिला गरेकोमा र निजहरुलाई २०७८ बैशाष ३ गते शुक्रबार जिल्ला अदालत गौरबाट म्याद थप अनुमती लिई न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here