जनकपुरधाम २ बैशाख ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा विद्यालय बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले देशका विभिन्न ठाउँमा संक्रमणको जोखिम बढेको भन्दै विभिन्न १४ वटा जिल्लालाई विद्यालयमा हुने पठनपाठन बन्द गर्न आग्रह गरेको हो । सरकारले कुनै पनि सेवा बन्द गर्न अहिलेसम्म भनेको छैन् । निर्णय पनि भनेको छैन् । तर संक्रमणको जोखिम बढेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा ब्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here