सिरहा, १ वैशाख ।
सिरहामा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । लहान–ठाडी सडकखण्डमा उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका १९ का अजय यादवका अढाइ वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो । आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here