रौतहट १ बैशाख ।
रौतहटको गैडाटारमा पुर्व वडा अध्यक्षको सालिक उद्घाटन गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार सावित चन्द्रनिगाहपुर गाउ विकास समितिको वडा नम्बर ४ बाट २०४९ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित स्व। कर्मध्वज थिङको नयाँ बर्ष २०७८ लाई स्वागत गर्दै गर्दा उहाको सालिकको पनि एक समारोहकाबिच बुधबार नयाँ बर्ष २०७८ कै दिन वडा अध्यक्ष बोधनाथ देवकोटाले उद्घाटन सहित माल्यार्पण गर्नु भएको छ ।

कार्यक्रममा पुर्व स्व।वडा अध्यक्ष कर्मध्वज थिङसँगै वडा सदस्यका रुपमा सहकार्य गर्नु भएका लीलाधर तिमल्सिनाले थिङको बिशेषताका बारेमा चर्चा गरेको थियो । उहाको योगदानको ढिला नै भएपछि चन्द्रपुर ३ को वडा कार्यालयले कदर गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।

सामाजिक कामहरुमा थिङ स्वयम भोलेन्टियरको रुपमा फिल्डमा आफै खट्ने स्वाभावले उहाले २०५७ सालको निर्वाचनमा समेत पुन वडा अध्यक्षमा निर्वाचित हुनु भएको चर्चा समेत तिमल्सिनाले गर्नु भयो । रौतहटमा नेकपा एमालेको शाख जोगाउने एक मात्र नेता थिङ रहेको चन्द्रपुर ३ का निर्वाचित वडा सदस्य एवम चन्द्रपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सरस्वती खुलालले बताउनु भयो ।

रौतहट जिल्लामा नै सबै स्थानिय तहहरुमा नेकपा एमालेले पराजय भोगीरहदा थिङ मात्र एक जना विजयी विजयी हुनु भएको थियो । उहाको सम्मान गर्न पाउदा आफुलाई गौरब महसुस भएको खुलालले जिकिर गर्नु भयो ।

चन्द्रपुर–३ गैडाटारलाई विकासका नया मोडमा पुर्याउने रोड म्याप कोर्न सफल स्व। थिङको सम्मान गर्न पाउनु सौभाग्य आफुलाई मिलेको वडा अध्यक्ष बोधनाथ देवकोटाको भनाइ रहेको थियो । राम्रो कामको सम्मान गर्ने परिपाटी हामी आफुले नै शुरुवात गर्नु पर्ने भएकाले त्यसको शुरुवात आफुले गरेको देवकोटाले बताउनु भयो ।

स्व। थिङलाई चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार बासीले मात्र होइन राष्ट्र पनि सम्मान गर्नु पर्ने उहाको दावी गर्नु भयो । थिङले २०४९ सालबाट २०५९ सालसम्म नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष भइ समाज राष्ट्रका लागी योगदान पुर्याउनु हुने स्व।कर्मध्वज थिङको सम्झना स्वरुप सालिक स्थापना गरिएको हो ।

थिङको जन्म २००१ चैत्र ४ गते भएको हो । २०७३ साल चैत्र २८ गते उहाको स्वगारोहन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here