जनकपुरधाम ३० चैत।
प्रहरीले १ हजार ४ सय ५० एम्पुल लागुऔषधसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका हरिहरपुर २३ का यज्ञबहादुर श्रेष्ठ र बारा कलैयाका धर्मेन्द्र माझी छन् । उनीहरूलाई सर्लाहीबाट काठमाडौं आउँदै गरेको ग१ख ८७८७ नम्बरको बस चेकजाँच गर्दा सोमबार बिहान थानकोटबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ सय ४० ट्याबलेट, डाइजेपाम ३ सय र ३ सय एम्पुल नुफिन बरामद गरेको हो । पक्राउ परेका माथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here