रौतहट ३० चैत्र ।
रौतहटको मौलापुरका ४८७ परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ । रौतहटको क्षेत्र नम्बर ३ मा विगतका दिनदेखि नै विभिन्न समयमा ग्यास चुलो वितरण गर्दै आएको छ । सोमबार मौलापुर नगरपालिकाको वडा नम्बर १ मर्यादपुरका ३४३ परिवार र वडा नम्बर २ मर्यादपुरमा नै ८४ परिवार गरि ४८७ परिवारलाई एक कार्यक्रमका बिच ग्यास सिलिन्डरसहित चुलो वितरण गरिएको हो । नगर प्रमुख रीना कुमारी साह , नेताहरु त्रिभुवन साह ’अमर’, नागेन्द्र साह, पूर्व मुखिया नागेन्द्र यादव, नेता ठगा दास, राजेश रौनियार लगायतको उपस्तिथिमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रम सम्पन्न भएको छ । मौलापुर नगरपालिका सोमबारबाट धुवाँ चुलो मुक्त नगरपालिका बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here