जनकपुरधाम ३० चैत ।
जनकपुरकी एक महिलाले एकैपटक तीन शिशु जन्मदिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका २५ वभनगामाकीका लक्ष्मण मुखियाकी श्रीमती २५ वर्षीया सरिता देवी मुखियाले आइतबार शल्यक्रिया मार्फत तीन शिशुलाई जन्मदिएकी हुन् । शुक्रबार बिहान व्यथा लागेपछि सरिता जनकपुर स्थित धनुषा अस्पतालमा भर्ना भएकी थिइन् । आइतबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। सजन शर्मा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरि तीन शिशुलाई निकालेका थिए । तीनैजना शिशु छोरा छन् । दुई शिशुको तौल २(२ किलोग्राम र एक शिशुको तौल २ किलो २ सयग्राम रहेको अस्पतालका इन्चार्ज प्रमोद पण्डितले जानकारी दिए । उनका अनुसार आमा लगायत शिशुहरुको स्वास्थ्य अवस्था समान्य छ । सरिताको दुइछोराछोरी छँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here