सिरहा २९ चैत।
सिरहामा सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या गरेको अभियोगमा प्रहरीले लहान नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र सोही नगरपालिका बस्ने २९ वर्षीय सूर्य सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चौधरीलाई घटनास्थलबाट फलामको छिनोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता शालिकराम शर्माले बताए । पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here