जनकपुरधाम, २९ चैत ।
महोत्तरीमा नेपालबाट भारततर्फ अवैध रुपमा पैठारी गर्न लागिएको मदिरा प्रहरीले बरामद गरेको छ। जलेश्वठर नगरपालिका ३ स्थित नेपालबाट भारततर्फ मदिरा निकासी पैठारी गर्न लागेको गोप्य सूचनाको आधारमा ठुलो मात्रामा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए। प्रहरी निरीक्षक मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले नेपाल–भारतको दशगजा क्षेत्रबाट मदिरा बरामद गरेको हो। मदिरा पैठारी गर्नेहरु फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बरामद गरेको मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने जनाइएको छ।






