विराटनगर २९ चैत ।
मोरङको विराटनगर महानगरपालिका ८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा २५ वर्षीय माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । भाटाले छेडेर गम्भीर घाइते भएका विकोको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा राति ११ बजेतिर मृत्यु भएको स्रोतले जानकारी दिएको छ । स्थानीय वासिन्दाका अनुसार मुखिया परिवारको झुप्रोमा मदिरा पसल थियो । राति अबेरसम्म पसल खोलेको भन्दै विको र छोरा रविबीच झगडा सुरु भएको थियो । घटनापछि शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here