चन्द्रपुर, २८ चैत ।
सडक डिविजन चन्द्रनिगाहपुरको मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहीन भईरहेको देखिएको छ । ठेकदार कम्पनी आश्रय निर्माण सेवाका प्रमुख रामाश्रे साह र सडक डिविजनका निमित प्रमुख नरेश प्रसाद केशरीको मिलोमतोमा जंगलसैया धन्सार सडकखण्डको कालोपत्रे गुणस्तरहिन भइरहेको देखिएको हो।
गुजरा नगरपालिका ३ जंगलसैया देखी जंगल बिच तिन किलोमिटर कालोपत्रे निर्माणको लागी आश्रय निर्माणले सडक डिविजन चन्द्रनिगाहपुरबाट टेण्डर प्रकृया बाट ठेक्का लिएको हो । उक्त कालोपत्रे बाटो निर्माणमा गुणस्तरहिन भएको भन्दै स्थानियले पटक पटक निर्माण काम अवरुद्ध गर्दै आएका छन । ठेकदार कम्पनीले मापदण्ड बिपरित गुणस्तरहिन सडक निर्माण गर्दा हामीले काम रोकेका थियौं स्थानिय युुवराज ज्ञवालीले भने उक्त अवसरमा सडक डिविजनका कर्मचारीहरु आएर काम सुचारु गरायो । तर गाउ बस्ती बाहिर जंगल तर्फ पुुगेपछी काम गुुणस्तरहिन सुुरुगरेको उनको दाबी छ । ३० सेन्टीमिटर कालोपत्रे गर्दा राम्ररी रोलींग गरेर प्राईमलकोट राख्दा बाटो टिकाउ हुन्छ ।

निर्माण कम्पनीले उक्त बाटो निर्माण गर्दा बाटोमा पानी पठाएर राम्ररी रोलींगको सटा जथाभावी गरेकाले निर्माण भईरहेको कालोपत्रे ६ महिना पनी नटिक्ने समाजसेवी ज्ञवालीले ठोकुवा गरेका छन । करोडौंको लगानीमा निर्माण भईरहेको कालोपत्रेको निगरानी सडक डिविजनले गर्नुपर्नेमा निमित प्रमुख नरेश केशरीको मिलोमतोमा कार्यालयमै बसेर कामको बेवास्ता गरेको उनले गुनासो गरेका छन । अर्का समाजसेवी स्थानिय दुुर्गा चौधरीका अनुसार ठेकदार साहका कारिन्दाले गुणस्तरहिन कामगर्दा पटक पटक सडक डिविजनका प्रमुख केशरीलाई फोन गरेर जानकारी गराउँदा शनिवार आफुु मिटिंगमा रहेको भन्दै वास्ता नगरेको बताए । सडक डिविजन चन्द्रनिगाहपुरका निमित प्रमुख नरेश केशरी संग प्रतिकृया लिंदा सम्झौता अनुसार काम भईरहेको बताए । अक्सफाल्ट प्रबिधीको कालोपत्रे गाउलेले देखेको कारण उक्त कालोपत्रे गुणस्तरहिन भएको भ्रममा रहेको प्रमुख केशरीले प्रतिकृया दिएका छन । पछिलो लामोसमय देखी रौतहटमा सडक डिविजनका कर्मचारी र ठेकदारकै मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहिन हुंदैआएकाले माथिलो नियमनकारी निकायले ध्यान दिन जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here