चैत २८ बिरगंज। पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडा न १९ मा बिन्दवासनी मन्दिरमा गोल घरको शिलान्याश गरिएको छ। बिन्दवासिनी जसपा इकाई समिति एवं गोल घर निर्माण उपभोक्ता समिती द्वारा आयोजना गरिएको एक कार्यक्रमका बीच प्रदेश सांसद करिमा बेगमको बिशिस्ट अतिथिमा बिन्दावासनी मन्दिरमा गोल घरको शिलान्याश गरिएको छ ।
बिन्दवासनी मन्दिरमा बिभिन्न ठाउँ बाट पर्यटकहरु आउने गरेकोले उक्त मन्दिरलाई व्यवस्थित बनाउने उदेश्यको साथ् र पर्यटकको साथ् साथ् आउने भक्तजनहरुको सुबिधाको लागि गोल घरको शिलान्याश गरिएको प्रदेश सांसद करिमा बेगमले ब्बताउनु भएको छ ।
उक्त शिलान्याश कार्यक्रमको अतिथि प्रदेश सान्सद भिमा यादव ,लगायत जसपा जिल्ला सदस्य हिरालाल यादव,पनालाल साह,सिङ्गासन साह,बिन्दवासिनी गाउँ का अगुवा मोहम्मद समिम देवन, युवा संघ का मधेस प्रदेश सदस्य एवं जिल्ला इन्चार्ज अमित यादव,विद्यार्थी युनियनको .सदस्य भोला अन्सारी लगाएतको उपस्थिति रहेको थियो ।








