जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उत्ताराधिकारी संगठन वाईसियल नेपालले प्रदेश २ का आठ जिल्लामा ३२ हजार नयाँ युवा आफ्नो संगठनको सदस्य वितरण गर्ने भएको छ ।

त्यसका लागि जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रम चलाउँदैं छन्, वाईसियिलले ।

पुराना सदस्यहरुलाई नविकरण गर्दै थप नयाँ ३२ हजार सदस्यता वितरण गरि टोल, वडा, पालिका, जिल्ला कमिटीको भेला सम्मेलन गर्दै आउँदो जेष्ठ महिनाको ६ र ७ गते प्रदेश सम्मेलन मार्फत नयाँ कमिटी र नयाँ नेतृत्व निर्माण गर्नका लागि अभियानमा लागेको उनले जानकारी दिए ।

वाईसियल नेपाल प्रदेश २ का ईन्चार्ज शंकर महतोका अनुसार वाईसियल नेपालले प्रदेश नम्बर २ को भष्ट्राचार, प्राकृतिक श्रोतको दोहन, कुसंस्कार, लागुऔषध दुव्र्यसनी, कुरितीको विरुद्धमा युवालाई जागृत गराउने कामलाई तिब्रता दिएको छ ।

भ्रष्टाचार, दोहन विरुद्ध लड्न नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धीहरुलाई रक्षा तथा संरक्षण गर्दै बाँकी उपलब्धीका लागि थप संघर्षशिल बनाउन अभियान चलाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here