रौतहट २५ चैत्र ।
रौतहटको गौरमा एक नाबालक बेवारिसे अबस्थामा फेला परेको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ३ कारागार कार्यालय अगाडी अन्दाजी २.३ बर्षको नाबालक बेवारिसे अबस्थामा बुधबार साझ ६ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सडकमा रोइरहेको अबस्थामा प्रहरीले देखेपछि सो स्थानमा वालकको आफन्त कोही नभएपछि प्रहरीले सुरक्षितका साथ राखेको बताएको छ । बालकलाई चिन्नु हुने जोकोहीले जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।