रौतहट २३ चैत ।
रौतहटको वृन्दावन नगरपालिकामा नेपाली काँग्रेसको सम्पर्क कार्यालयको उदघाटन गरिएको छ । आइतवार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । वृन्दावन नगरपालिका नगर कार्य समितिको सम्पर्क कार्यालय स्थापना गरिएको हो । सो नगरपालिकाको वडा नम्बर ३ विश्रामपुरमा स्थापना गरिएको हो । सो अवसरमा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति कृष्ण प्रसाद यादव र क्षेत्र नम्बर ३ का पुर्व सांसद तथा सविधानसभा सदस्य सुनिल कुमार यादव उर्फ श्री जितेन्द्र कुमार यादवको उपस्थिति रहेको थियो । सो अवसरमा सयौंको संख्यामा मानिसहरुले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको थियो । नव प्रवेशीहरु लाई अबिर माला लगाई नेपाली कांग्रेस पार्टीमा प्रबेश गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here