हेटौंडा २३ चैत ।
हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदाँ सोही उपमहानगरपालिका बस्ने १७ वर्षीय सगुन रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपक्षिक जयश्वर रिमालले जानकारी दिए छन् । हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र त्यसैको विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका रुम्बालाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका अन्य तीनै जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here