पर्सा, २३ चैत ।
पर्साबाट तीनवटा भारतीय सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार अपरान्ह भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज १६ बाट भारतीय नम्बर बीआर ०६ जीडी ४१५६ नम्बरको ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल, बीआर ०० ३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।
प्रहरीले एउटा नम्बर नभएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरेको छ । गाडीका बारेमा वरपर सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले बरामद गरिएको प्रहरीको दाबी छ । सवारी साधनसँग सम्बन्धित आवश्यक कागजातसहित कोही पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न नआएकाले आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी कार्कीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here