रौतहट २० चैत ।
रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ लक्ष्मीनिया टोलमा नगरप्रमुख धिरेन्द्र सिंहले ५१५ मिटर सडक ढलानको शिलान्यास गर्नु भएको छ । उक्त बाटो ढलानको लागि प्रदेश सरकारको तर्फबाट २१ लाख र नगरपालिकाको तर्फबाट २१ लाख गरि जम्मा ४२ लाख विनियोजन गरिएको हो ।
नगरलाई हिलो मुक्त बनाउने लक्ष्य लिएका नगरप्रमुखले नगरपालिकामा मेयर उपमेयर विवादका कारण केही ठाउँमा अझ कच्ची बाटोहरु छन् जुन अब आफ्नो कार्यकालमा पक्की न भएपनी नगरका प्रत्येक बाटोमा कम्तीमा ग्रेभल राखने छु मेयर धिरेन्द्र सिंहले भने ।
जनभावना अनुरूप विकास निर्माणमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले योजनाको पारदर्शिता र मजबूतीमा स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताए । शिलान्यास कार्यक्रममा नगर प्रमुख धिरेन्द्र सिंह, वडा नं ४ का वडा अध्यक्ष भागनारायण साह, समाजसेवी राधेश्याम साह लगायत नगरवासीहरुको उपस्थिति रहेको थियो ।