जनकपुरधाम,१९ चैत्र ।एक समारोह विच हुलाकी सडकको उद्घाटन गरिएको छ।
नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ ,जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ ।
जनकपुरधाम देखि यदुकोहा सम्मको सडकलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उद्घाटन गरे भने अन्य ठाउँको सडकहरु पनि उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर साह, हुलाकी सडकका डिइ कृष्ण महतो, लक्ष्मण रेखा निर्माण सेवाका लक्ष्मण महासेठ लगायतको उपस्थिति थिए ।
यस अवसरमा पुल चोकमा रहेको पुल निर्माण कार्यलाई तिव्रता दिन के कस्तो बाधा व्यवधान रहेको सम्वन्धमा मेयर साहले डिइ महतो संग जिज्ञासा व्यक्त गरेका थिए । उनले पुलचोक भन्दा पश्चिमको सडक पनि छिटो भन्दा छिटो निर्माण गर्नकालागि आग्रह गरेका थिए ।
जनकपुरधाम देखि यदुकोहा सम्म कुल १६.६३ किलोमिटरको सडक निर्माण भएपनि जनकपुरधामलाई गाउँ संग जोड्न सफल भएको छ भने बर्षातको बेलामा गाउँ र जनकपुरधामको सम्पर्क टुटने समस्या अव समाधान रहेको छ ।







