पर्सा १९ चैत ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट साढे २६ किलो गाँजा बरामद गरेको छ । पटेर्वासुगौली गाउँपालिका २ अकवा टोलमा रामेश्वर पंजियारले घरमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले उनको घरबाट गाँजासहित गाँजा च्याप्ने मेसिन एक थान, तीन थान ढक र एक थान तुलो बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । गाँजा राख्ने पंजियार भने फरार भएको तथा उनको खोजी भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here