चैत १९ रौतहट ।रौतहट जिल्लाको सदरमुकाम गौरमा जिल्ला समन्वय समिति रौतहटको कार्यालयमा आज राष्ट्रिय जनगणना सचेतना गोष्ठी सम्पन्न भएको छ ।


आउदो साल २०७८ मा देश भर नै जेठ २५ गते देखि लिएर असार २५ गते सम्म २०७८ सालको जनगणना संचालन हुने जिल्ला हुलाक कार्यालय रौतहटको प्रमुख देवनाथ यादवले बताउनु भएको
जनगणनाको बेला आम नागरिकले के कसो भूमिका आफ्नो तर्फ बात निर्वाह गरेर २०७८ सालको जनगणना सम्पन्न गराईदिनको लागि उपस्थित भएका सम्पूर्ण व्यक्तिमा जिल्ला हुलाक कार्यालय रौतहटको प्रमुख देव नाथ यादवले आग्रह समेत गर्नु भएको थियो ।

मेरो गणना मेरो साहभागिता मूल नाराको साथ् २०७८ मा सुरु हुन् लागेको जनगणनामा आफु जुन क्षेत्रमा बासोबास गरिरहेको छौ र आफ्नो जात भाषा र पेशा बास्तबिक रुपमा गणना गर्न गएको व्यक्तिलाई तिपाएर सहयोग गर्नको लागि प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले आग्रह गर्नु भएको थियो ।


उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारि इन्द्र देव यादव जिल्ला सामन्वय समिति रौतहटको सभापति रामएकवाल यादव, रौतहट प्रहरी प्रमुख शिद्धि बिक्रम साह, गौर नगरपालिकाको मेयर उपमेयर देवाही गोनाही नगरपालिकाको मेयर ,यमुनामाई गाउँपालिकाको प्रमुख उपप्रमुख लगाएत संचारकर्मिको उपस्थितिमा राष्ट्रिय जनगणना सचेतना गोष्ठी सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here