चैत १८ काठमाडौं– नेपालमा कोरोना भाइरसका १ सय ६२ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ जनाको आरटीपीसीआर परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित निको भएका छन् ।उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जनामा कोभिड १९ को भाइरस संक्रमण्(ा सक्रिय रहेको छ ।
५९ जना हाल क्वारेन्टिनमा छन् ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड १९ बाट हुने मृत्युको पुष्टि भएको छैन् ।हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको छ ।








