घोराही १५ चैत ।
दाङमा आईतबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्युभएको छ । घोराहीबाट लमही तर्फ जाँदै गरेको भे ६ प ८९३७ नम्बरको मोटरसाईकललाई लमहीबाट घोराही आउदै गरेको लु २ ख १४२८ नम्बरको बसले लमही नगरपालिका ६ बेलदमारमा ठक्कर दिदा मोटरसाईकल चालकको मृत्युभएको हो ।
भारत शाहपुरठाना वेनीपट्टी मधुवनी विहार घर भएका २० बर्षिय अभिलेष कुमार सिंहको दुर्घटनामा परि मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भिर घाईते सिंहको लमही अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।
बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक विबेक महराले जानकारी दिनुभएको छ । दाङमा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्युभएको छ भने २ सय बढी गम्भिर घाईते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here