रौतहट। रौतहट जिल्लाको बौधीमाई नगरपालिकामा बेथिति बढेपछि नगरवासीले त्यसको विरुद्ध आन्दोलन चर्काएका छन् । आर्थिक वर्ष सिधिनै लाग्दा समेत अहिलेसम्म सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता वितरण नगरेको, अवैधानिक रुपमा प्रक्रिया नै नपुर्याइ कर्मचारी भर्ना गरेको तथा हरेक दृष्टिकोणले उपयुक्त नगरको केन्द्र सरमुजवा बंकुलको सट्टा नदीको किनार इनरवारीमा १५ शैयाको अस्पताल निर्माण गर्न लागेपछि आक्रोशित जनताहरु कार्यालयमा तोडफोड एवं नगरपालिका घेराउ गरेका छन् । नेकपाका प्रदेश कमिटी राजन यादव उर्फ मनोज र मेयर प्रत्यासी नेकपाका प्रदेश सदस्य समाज सेवी युवा नेता त्रिभुवन साह ‘अमर’ को नेतृत्वमा मेयर राजिव रंजन यादवको अराजकता, बदनियत तथा मनोमानीका विरुद्ध बौधीमाई नगरवासी प्रतिकारमा उत्रेका हुन् । तत्काल १ नम्बर वाडमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएपनि सबै वडामा वितरण गरी अस्पताल बंकुलमा बनाउने तथा सम्पूर्ण अवैधानिक नियुक्ति बदर नगरेसम्म भ्रष्ट मेयर विरुद्ध आन्दोलन रोकिने छैन मेयर प्रत्यासी त्रिभुवन साहले बताए ।