वीरगंज। बीरगन्जस्थित तराई अस्पतालको गैरजिम्मेवारीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउदै बिहीबार आक्रोशित गाउले आफन्तजनले प्रदर्शन गरेका हुन् । बिहीबार दिउँसो रामगढवा ना ३ ख ३९९२ नम्बरको ट्रकले ना ४३ प ५८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हरपतगन्ज निवासी मोटरसाईकल चालक २५ वर्षिय आसिफ प्रसाद यादव र पछाडि सवार पहिचान नखुलेका एक जना गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएकाहरुलाई थप उपचारका लागि बीरगन्ज पठाइएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका यादवलाई सर्जरीपछि एक्सरे गर्नुपर्ने भन्दै अस्पतालका कर्मचारीहरुले पैसा जम्मा गर्न परिवारजनलाई दबाब दिएको मृतकका भाई सरोज यादवले बताए ।पैसाको कारण उपचारमा ढिलाई भएको र दाईको उपचार बेलैमा नगरेको कारण मृत्यु भएको हुदा आफन्तजनद्वारा आक्रोश पोखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here