वीरगंज, ११ चैत्र ।
कटुवा पेस्तोलसहित प्रहरीले वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ सिर्सियाका २७ वर्षीय दीपेन्द्र साह र सोही ठाउँका २३ वर्षीय सनोज गुप्ता रहेका छन् । वीरगञ्जको श्रीपुर हुलाकी रोडमा शंका लागी खानतलासी गर्दा उनीहरुको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल फेला परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here