रौतहट ९ चैत ।
रौतहट प्रहरीले बिभिन्न ठाऊमा संचालनमा रहेको अवैध मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट मातहतका एकाईबाट खटेको टोलीले राजपुर नगरपालिका,परोहा नगरपालिकामा र बौधीमाई नगरपालिका संचालित मदिरा भट्टी नष्ट गर्नुका साथै उक्त भट्टिहरुबाट तयारी मदिरा र कच्चा पदार्थ समेत बरामद गरेका छन् ।

प्रहरी ईकाईहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको राजपुर नगरपालिका वडा नं।२ मा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा बनाउने २ वटा भट्टी फुटाएको छ भने १ हजार लिटर कच्चा पदार्थ,तयारी मदिरा ६० लिटर नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन १ थान,ड्रम–५ वटा बरामद गरेको छ ।
त्यस्तै परोहा नगरपालिका वडा नं.४ मा घरेलु मदिरा बनाउने भट्टी–४ वटा फुटाइएको छ भने २ हजार लिटर कच्चा पदार्थ नष्ट गरी र ७ वटा ड्रम वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै जिल्ला बौधीमाई नगरपालिका वडा नं १ मा घरेलु मदिरा बनाउने १ भट्टी–१ तोडफोड गरिएको छ भने १५ सय लिटर कच्चा पदार्थ र ३० लिटर तयारी मदिरा नष्ट गरी ४ वटा ड्रम र एउटा मेशिन बरामद गरेको प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार एकै दिन घरेलु मदिरा बनाउने ७ भट्टी फुटाउनुका साथै ४५ सय लिट् कच्चा पदार्थ र ९० लिटर तयारी मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । भट्टीहरु को कसको स्वामीत्वमा संचालनमा रहेको भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी भारत श्रेष्ठले बताउनु भयो । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here