रौतहट ९ चैत ।
रौतहट प्रहरीले १२ किलो ग्राम भन्दा बढी लागू औषध गांजा सहित एक जना लाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं.४ टिकुलीया वस्ने वर्ष ४४ को झिङ्गुर भन्ने हरी किशोर सहनीलाई लागुऔषध गांजा सहित प्रहरीले पक्राउ गरेको हो सहनिले लागु औषध गाँजा राखेको छ भन्ने विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले निजको गोठघरको चेकजाँक गर्दा ट्वाईलेटमा प्लाष्टिकको सेतो रंगको बोरा भित्र घ्यु रंगको टेपले बेरी प्याक गरी राखेको अवस्थामा १२ किलो ५०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन । गांजा सहित सहनी लाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट दिन ५ म्याद थप लिई न्यायीक हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here