धनुषा ९ चैत ।
धनुषा र सप्तरीमा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको हो ।

घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । त्यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here