रौतहट ०७ चैत ।

धुवाँमुक्त नगर र स्वस्थ समाज निर्माणका लागि रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाले आफना नगरवासीहरुलाई ग्यास चुलो वितरण कार्य आरम्भ गरेको छ ।
नगरपालिकाको वडा नं.२ करूनिया लक्ष्मीनियांका मुसहर तथा मुस्लिम समुदायका १५० घरधुरीलाई नगरपालिकाले ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । धुवाँमुक्त नगर र स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले लाखौं मुल्यको लागतमा ग्यास सिलिण्डर सहित चुलो वितरण गरिएको मेयर धर्मेन्द्र पटेलले जानकारी दिनु भयो ।
यस वडाका वासीन्दाले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको मेयर पटेलले बताए ।
करुनियामा शनिबार आयोजित कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको साथै गृहिणीको स्वास्थ्य राम्राका लागि निरन्तरता समेत दिने देवाही गोनाही नगरपालिकाका मेयर पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here