रौतहट ६ चैत ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख मेहता र उप प्रमुख खातुनले उप स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन।
उप स्वास्थ्य चौकी भवन निर्माण गत वर्षमा भएको ठेन्डर ईशनाथ नगरपालिकाले शुक्रबार शिलान्यास गरेको छ।
शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै भने विकास निमित्त जन प्रतिनिधि आफूबाट परिचयात्मक जनदेश दिएको उनले भने । स्वास्थ्य चौकी इशनाथ नगरपालिका वडा न. ६ पलटुआ स्थित शौचालय ,बाण्डरी सहितको भवन शिलान्यास गरिएको नगर प्रमुख मेहताले बताए ।
सो भवन १ कट्टा १२ धुर जग्गामा निर्माण हुने भएको छ।
ईशनाथ नगरपालिका वर्डा नम्बर ६ पलटुआ स्थित शिलान्यास भएको उप स्वास्थ्य चौकी साबिक ४ चार गाउँको सेवा दिने र जनता सेवा लाभान्वित हुने उनले बताए । उप स्वास्थ्य चौकी असार मसान्त भित्र उद्घाटनमा ल्याउन प्रतिबद्ध रहेको बताए।
यसै आर्थिक वर्षमा नगर स्तरीय योजना अन्तर्गत ३ किलो मिटर सडक ढलान हुने जसमा आरसी पिसिसी गरेर निर्माणकार्य अगाडि बढाइने उनले बताएका थिए।
सो भवन ३८ लाख ५७ हजारको लागतमा नगर स्तरीय योजना रहेको छ।कार्यक्रम वर्डा नम्बर ६ का अध्यक्ष रामेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here