रौतहट ६ चैत ।
शिक्षक रमेश अधिकारीको पहलमा रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरिएको छ । फ्रीजि लाइटको सहयोगमा बिहिवार एक कार्यक्रमका बिच सो नगरपालिकाका अति विपन्न समुदाय लाइ लक्षित गरि राहत वितरण गरिएको हो । गुजरा नगरपालिका विभिन्न वडामा गरि ५० वटा राहत पैकेज वितरण गरिएको गुजराका शिक्षक रमेश अधिकारीले बताउनुभयो । अधिकारीको बिशेष पहलमा गुजरा नगरपालिकाको विभिन्न वडामा राहत बितरण कार्यक्रम समपन्न भएको छ । यस अघि पनि स्वास्थ्य , शिक्षा क्षेत्र सहित अन्य क्षेत्रमा विभिन्न माध्यम बाट सहयोग गराउँदै आइरहनु भएकोमा नगर बासीले खुसि व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here