रौतहट ५ चैत ।
रौतहटको बृन्दावनबाट एक हत्या आरोपी पक्राउ परेको छ । मोरङको बेलबारी २ स्थायी घर भएका हाल काठमाण्डौ टोखा नगरपालिकाको वडा नम्बर ३ मा बस्दै आउनु भएका सुदर्शन हाइटम आशिष लिम्बु नाम गरेको ब्यक्ति २०७७ फागुन १९ गते सोही स्थानमा रहेको बासघारीमा बेवारिसे अबस्थामा शव फेला परेको थियो । गोपाल कार्कीले दिइएको जाहेरी अनुसार नेपाल प्रहरीले खोजलतास गर्दै जादा बुधबार सोही घटनाका आरोपी रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ९ का नसिम मंसुरी बृन्दावन नगरपालिकाको वडा नम्बर ३ विश्रामपुरमा लुकिछिपि बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रवि रावतले बताउनु भयो । बुधवार विहान पक्राउ परेका मंसुरीलाई काठमाण्डौं प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here