रौतहट ,४ चैत्र।

रौतहटको माधवनारायण नगरपालिकाले नगर भित्रका भौतिक निर्माणकार्यहरुको अनुगमन गरेको छ। सो नगरपालिका नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थद्वारा संयुक्त नगर भित्र निर्माणकार्य भइरहेको अवस्था बारे बुझ्न योजना स्थलगत पुगि निरीक्षण गरेका हुन् ।

नगरपालिका कार्यालयमा सन्चालनमा रहेको योजनाहरुका उपभोक्ता समितिले भुक्तानी गर्न निवेदन दिएकाले नगर प्रमुख बिरेन्द्र प्रसाद यादव , प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थ र योजना शाखा प्रमुख कृष्णनन्दन प्रसाद यादव सहितका अनुगमन कर्ताद्वारा योजना स्थलगत पुगि निर्माणकार्य सम्पन्न छ कि छैन अवलोकन गरिएको छ।

योजनाहरुको भुक्तानी अघि अनुगमन योजना शाखाका प्रमुख कृष्ण नन्दन प्रसाद यादवले बताएका हुन् ।

माधव नारायण नगरपालिकाबाट आर्थिक बर्ष २०७७।०७८ मा सन्चालित योजनाहरुको जस्तै वडा नम्बर १ दिपही देखि वडा नम्बर ३ भेलही सम्म पिच सडक निर्माणकार्य अन्तिम चरणमा रहेको भुक्तानी दिनु अघि अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here