रौतहट ४ चैत ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको सबै वडा मा स्वास्थ्य चौकीको निकैनै अभाव भएको गुनासो आए पछि कटहरिया नगरपालिकाले स्थानीयको गुनासोलाई मध्य नजर गर्दै आफ्नो नगरपालिका मातहात रहेको सबै वडा मा सुबिधा सम्पन्न स्वास्थ्य चौकी संचालनमा ल्याउन सफल भएको छ ।

आयुर्वेदिक औषधि र आयुर्वेदिक उपचार अस्पताल कटहरियामा नगरपालिकामा नभएको बेला कटहरिया नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृत वडा न ४ को वडा अध्यक्षको सहयोगमा वडा मन ४ मा आयुर्वेदिक उपचार केन्द्र सहित आयुर्वेदिक औषधि पाउने खालको स्वास्थ्य केन्द्र संचालनमा आए पछि स्थानीयहरू लाभान्वित हुने भएको कटहरिया नगरपालिकाको वडा न ४ को स्वास्थ्य केन्द्र को प्रमुख कृष्ण नन्दन कुमार साहले बताउनु भएको छ ।
त्यस्तै पहिला देखि कटहरिया नगरपालिकाको ६ वटा वडामा सुबिधा सम्पन्न स्वास्थ्य केंद्र्ता संचालनमा आएको थियो भने बाकी रहेको ३ वटा वडा मा अब देखि सुबिधा सम्पन्न स्वास्थ्य केन्द्र संचालनमा आएको वडा न ४ को स्वास्थ्य केन्द्र इन्चार्ज कृषनन्दन कुमार साहले बताउनु भएको छ ।
त्यस्तै नगरपालिकाका भित्र रहेका स्वास्थय केन्द्रमा सोमबारबाट अनलाईन विलींग सुरु भएको छ ।
विज्ञान प्रविधिको विकास तथा जनशक्तिको कमि र सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै नगरपालिकाले नपामा रहेको प्राथमिक स्वास्थ केन्द्रमा अनलाईन बिल काटन सुचारू गरेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भएको छ ।
रामप्रकाश साह प्रमुख प्रसाश्कीय अधिकृत आए देखि नै कटहरिया नगरपालिकाले बिकाशको गतिमा तिब्रता ल्याएको छ ।
नगरपालिका कृषि शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको काम धामधाम भईरहेको प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले बताउनु भएको छ । त्यसति नगरपालिका भित्र रहेका प्रसुतिहरुको लागि नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा र कृषि क्षेत्रमा खपत हुने बिजुली बिल नगरपालिकाले बिगत बर्ष देखि नै तिर्दै आएको र खानेपानीको लागि नगरपालिकाले बिशेस प्याकेज अन्तर्गत ४५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले बताउनु भएको छ ।
कटहरिया नगरपालिका जस्तै अरु नगरपालिकाले बिकाशको कार्यलाइ तिब्रता दियो भने रौतहट जिल्लाको सबै नगरपालिका पनि बिकाश मा पछाडी पर्दैन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here