धनुषा ३ चैत ।
मगही संस्कृति अन्तर्गत रहेको अपटानी अर्थात भूइयाँ पर्व भएको छ । धनुषाको मिथिला नगरपालिका हरिहरपुर ३मा रहेको दिना भद्री मन्दिर समितिले पर्वको आयोजना गरेका थिए ।
यस पर्वको मुख्य विशेषता भनेको तातो दुधले नुहाउने आगोमा हिडने जस्ता परम्पराको रुपमा रहेको छ साथै
दुस् ख कष्ट भएको मानिस यस पर्व अनुसार निको हुने सामाजिक परम्परा रहेको छ ।
यस पर्वलाई सम्पन्न गर्नका लागि बाहिरको गवैया टीम आएको थियो भन्ने विलक्षण सादा र राम देव सादाले विधि अनुसार पूजा पूजन गरेका थिए ।
यस पर्वमा विशेष गरेर मुसहर समुदायको कुल देवताको रूपमा रहेको दिना भद्रीको स्मरण गरी मगही सांस्कृति अनुसार यो पर्व मनाउने गरेको मुसहर समुदायका अगुवा फुलदेव सादाले बताए ।
यस पर्व विधिवत रुपमा सम्पन्न लगतै मिथिला नगरपालिकाको नगर प्रमुख हरिनारायण महतो र पूजाको अध्यक्ष भरत सादाले गबैया टीम र पूजा गर्ने पूजारी लाई तगमा प्रदान गरी सम्मान गरेका थिए ।
यसैगरी मूसहर समुदायका ज्येष्ठ नागरिकलाई साडी प्रदान गरी आयोजकले सम्मान गरेका थिए भन्ने यो पूजा हेर्नका लागि हेर्नेको भीड समेत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here