जनकपुरधाम ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने युवक पक्राउ परेका छन् । सोमबार पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १८ भदैयाका बलराम मण्डल रहेका छन् ।
सशस्त्र प्रहरीले उनलाई मालपोत कार्यालयको सिसि क्यामेरा फुटेको आधारमा पक्राउ गरिएको बताइएको छ । सशस्त्रले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको हो ।
बम विस्फोटमा परी मालपोतकै एक कर्मचारी, एक लेखापढी व्यवसायी र ६ सेवाग्राही घाइते भएका छन् । बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले विज्ञप्ती निकाल्दैं लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here