चैत ०१ सिरहा । सिरहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या सात पुगेको छ । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ ।

मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here